सभापति देउवाद्वारा भट्टराईको निधनप्रति दुःख व्यक्त
काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँ कांग्रेस व्यास नगर कार्यसमितिका पूर्वसभापति, नेपाल प्रजातन्त्र सेनानी सङ्घका निवर्तमान केन्द्रीय सदस्य बद्रीहरि भट्टराईको निधनप्रति दुःख व्यक्त गरेका छन् । भट्टराईको ७७ वर्षको उमेरमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारका क्रममा गए राति निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गरेका छन् ।
भट्टराईले २०२९ सालमा तरुण आन्दोलनमा गिरफ्तार भई दुई वर्ष जेल जीवन बिताएका थिए । त्यसपछि पनि पटक–पटक गिरफ्तार भएको थियो । स्व भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया