रेफ्रीविरुद्धको अभिव्यक्ति क्लोपलाई महँगो, २ खेलमा प्रतिबन्ध, ७५ हजार पाउण्ड जरिवाना
काठमाडौं । इंग्लिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपलाई प्रतिबन्ध लागेको छ ।साथै उनलाई जरिवानासमेत गरिएको छ ।
रेफ्रीविरुद्ध अमर्यादित कमेन्टको आरोपमा क्लोपलाई इंग्ल्याण्ड फुटबल एसोसिएसनले दुई खेलमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
प्रिमियर लिगअन्तर्गत गत अप्रिलमा सम्पन्न टोनेनहमविरुद्धको खेल समापनपछि उनले रेफ्री पाउलविरुद्ध अभिव्यक्ति दिएका थिए ।
योसँगै उनले एस्टन भिल्ला र साउथह्याम्पटनविरुद्धको खेल गुमाउने भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, दुई खेलमा प्रतिबन्धसँगै उनलाई ७५ हजार पाउण्ड जरिवानासमेत गरिएको छ ।
ताजा अपडेट
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा


प्रतिक्रिया