भिटामिन ‘बी’ १२ को कमीले के हुन्छ ?

एजेन्सी । स्वस्थ शरीरलाई विभिन्न भिटामिन तथा मिनरल्सको आवश्यकता पर्छ । भिटामिनको कमीले शरीर अस्वथ हुनुका साथै रोगले पनि सताउँछ । शरीरमा चाहिने भिटामिनमध्ये भिटामिन ‘बी’ १२ पनि एक आवश्यक पर्ने भिटामिन हो ।
यसको कमीले शरीरमा शारिरीक मात्र नभई मानसिक रुपमा नै व्यक्ति अस्वस्थ हुन्छ । भिटामिन ‘बी’ १२ को कमीले स्नायु कमजोर हुन्छ भने अत्यधिक थकान र कमजोरी महशुस हुन्छ ।
यसबाहेक हात र खुट्टामा झनझन हुने धमिलो दृष्टि हुने तथा घाँटी दुख्ने वा मुखमा अल्सर हुने जस्ता समस्या देखिन्छन् । यस्तै, सास फेर्न गाह्रो हुने वा स्मरणशक्ति घट्ने, टाउको दुख्ने, खाना नरुचने समस्या पनि देखापर्छन् ।
कसरी पुरा गर्ने ?
शरीरमा भिटामिन ‘बी’ १२ को कमी पुरा गर्ने प्रमुख स्रोत माछामासु हो । माछामासुमा यो भिटामिन प्रशस्त्र पाइन्छन् । यसबाहेक अन्य डेरी उत्पादनहरुले पनि यसको कमी पुरा गर्न सकिन्छ । यसको लागि दही पनि एक राम्रो स्रोत हो । दहीमा प्रोबायोटिक र भिटामिन बी १२ प्रचुर मात्रामा पाइन्छ ।
यसै गरी, लो फ्याट दूधले पनि भिटामिन ‘बी’ १२ को कमीलाई पुरा गर्छ । अर्को भिटामिन ‘बी’ १२ को पाइने स्रोत अण्डा हो । अण्डामा प्रोटिन र भिटामिन प्रशस्त्र पाइन्छ । जसले शरीर स्वस्थ राख्छ । खासगरी अण्डाको सेतो भागमा भन्दा पनि यसको पहेलो भाग स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । डेयरी उत्पादनहरूमा भिटामिन बी १२ को राम्रो स्रोत हो । चिज तथा पनिरको सेवन बढाएर पनि शरीरमा भिटामिन बी १२ पूरा गर्न सक्नुहन्छ ।
ताजा अपडेट
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
प्रतिक्रिया