NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

भिटामिन बी ६ को कमी कसरी पूरा गर्ने ?

एजेन्सी । शरीरलाई राम्रोसँग सञ्चालन हुन शरीरलाई विभिन्न भिटामिन, खनिज र सूक्ष्म पोषक तत्वहरूचाहिन्छ । यिनीहरूको कमीले शरीरमा विभिन्न जटिलता आउने गर्छ ।

शरीरलाई चाहिने धेरैजसो पोषक तत्व खानाबाट सजिलै उपलब्ध हुन्छ। तर यदि आहारको पोषण राम्रो भएन भने यस्ता तत्वको कमी हुन्छ र शरीर अस्वस्थ हुन्छ । शरीरमा आवश्यक पर्ने तत्वमध्ये एक हो भिटामिन बी ६ यसको कमीले शरीरमा विभिन्न समस्या निम्याउँछ । यसको कमीले कलेजो, मृगौला, पाचन प्रणालीलाई असर गर्छ ।

विशेषगरी धुम्रपान गर्ने, धेरै मद्यपान गर्ने, मोटो व्यक्ति र गर्भवती महिलाहरूमा यसको कमी हुने सम्भावना उच्च हुन्छ । भिटामिन बी ६ मा एन्टिअक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी गुणहरू छन्, जसले हृदय रोग र क्यान्सर जस्ता दीर्घकालीन अवस्थाहरूलाई रोक्न मद्दत गर्दछ।

विशेषज्ञहरुका अनुसार यसको कमीले परिधीय न्यूरोपैथी हुन्छ । जसले गर्दा हात खुट्टामा पोल्ने, दुख्ने र झनझन हुने समस्या हुने गर्दछ । यसको कमी भएमा स्नायुको क्षतिले सन्तुलनमा समस्या आउँछ र हिड्न गाह्रो हुन सक्छ । यसै गरी थकान लाग्ने, कमजोरी हुने जस्ता समस्या देखापर्छन् । भिटामिन बी ६ ले हाम्रो शरीरमा हेमोग्लोबिन बनाउन पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।

यो रातो रक्त कोशिकामा पाइने प्रोटिन हो जसले शरीरमा अक्सिजन पु¥याउन मद्दत गर्छ। हेमोग्लोबिनको कमीले कोशिकाहरूलाई पर्याप्त अक्सिजन प्राप्त गर्दैन, जसले तपाईंलाई थकित र कमजोर गराउँछ । यसको कमी हुँदा ओठमा घाउ हुने, सुन्निनेसमेत हुन्छ । स्वास्थ्य विज्ञहरुका अनुसार भिटामिन बी ६ को कमीलाई आहारबाट सजिलै पुरा गर्न सकिन्छ । माछा र मासु, आलु र अन्य स्टार्चयुक्त तरकारी, बदाम, सोयाबिन, गहुँ, केरा आदि भिटामिन बी ६ का प्रमुख स्रोत हुन् ।