‘पपुलिस्ट’ कुरागर्नेहरू र छोएरै उपचार गर्छु भन्ने ‘सिमान्त गुरू’ बीच कुनै भिन्नता छैन : पाेखरेल

काठमाडौं । नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले पपुलिस्ट कुरा गर्नेहरू र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सिमान्त गुरू एउटै भएको टिप्पणी गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी दलका नेताले तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा गफ ठान्ने जमातले देउवा–प्रचण्डको पैरवी गर्नु कुनै नौलो नभएको उनले बताए ।
पुरानो होइन नयाँ भनेर नीति विहीन, उद्देश्यविहीन पपुलिस्ट पोलिटिक्स गर्नेहरुले ठिक र वेठिक छु्ट्याउने द्वन्द्वात्मक चेतनावाट समाजलाई विमुख वनाइरहेका पोखरेलको आरोप छ ।
‘यसरी उद्देश्य विहीन पपुलिस्ट कुरागर्नेहरू र छोएरै उपचार गर्छु भनेर भिड जम्मागर्ने सिमान्तगुरुमा के अन्तर भयो र ? रास्वपाप्रति इंगित गर्दै उनले भने, दुवैथरी जनताको निरासको लाभ लिन खोजिरहेका छन् । यस्तो अवस्थामा सत्यलाई स्थापित गर्न कठिन भयो भनेर सत्यको मार्ग छोड्नु हुदैन ।’
उनले नयाँ दललाई जमातको संज्ञा दिँदै नवोलिकन राष्ट्रलाई डुवाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रकृयाको दुहाई दिने प्रचण्डको पैरवीगर्नु कुनै अनौठो कुरा नभएको बताए ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया