‘पपुलिस्ट’ कुरागर्नेहरू र छोएरै उपचार गर्छु भन्ने ‘सिमान्त गुरू’ बीच कुनै भिन्नता छैन : पाेखरेल
काठमाडौं । नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले पपुलिस्ट कुरा गर्नेहरू र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सिमान्त गुरू एउटै भएको टिप्पणी गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी दलका नेताले तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा गफ ठान्ने जमातले देउवा–प्रचण्डको पैरवी गर्नु कुनै नौलो नभएको उनले बताए ।
पुरानो होइन नयाँ भनेर नीति विहीन, उद्देश्यविहीन पपुलिस्ट पोलिटिक्स गर्नेहरुले ठिक र वेठिक छु्ट्याउने द्वन्द्वात्मक चेतनावाट समाजलाई विमुख वनाइरहेका पोखरेलको आरोप छ ।
‘यसरी उद्देश्य विहीन पपुलिस्ट कुरागर्नेहरू र छोएरै उपचार गर्छु भनेर भिड जम्मागर्ने सिमान्तगुरुमा के अन्तर भयो र ? रास्वपाप्रति इंगित गर्दै उनले भने, दुवैथरी जनताको निरासको लाभ लिन खोजिरहेका छन् । यस्तो अवस्थामा सत्यलाई स्थापित गर्न कठिन भयो भनेर सत्यको मार्ग छोड्नु हुदैन ।’
उनले नयाँ दललाई जमातको संज्ञा दिँदै नवोलिकन राष्ट्रलाई डुवाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रकृयाको दुहाई दिने प्रचण्डको पैरवीगर्नु कुनै अनौठो कुरा नभएको बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया