सांसदहरूको न्यून उपस्थिति देख्दा ऐना अगाडि उभिएर बोलेको जस्तै लाग्यो : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रममा समेत सांसदरूको न्यून उपस्थितिलाई लिएर आलोचना गरेका छन् ।
सोमबार छलफलमा भाग लिँदै सदनमा सांसदहरूको उपस्थिति देख्दा आफूलाई रोस्टममा उभिए बोल्नसमेत लाज लागेको उनले बताए ।
‘सम्मानीय सभामुख महोदय संसदमा सांसदहरूको उपस्थिति देख्दा रोस्टममा उभिए बोल्नसमेत मलाई लाज लागेको छ । २७५ सांसद रहेको सदनमा बोल्दा ऐना अगाडि उभिएर भाषण गरेजस्तै लागेको छ’, उनले भने, ‘संसद बैठक रेकर्डका लागि मात्र बसेको जस्तो लाग्छ । घरमै बसेर पेनड्राइभमा रेकर्ड गराएर पठाए पनि हुनेजस्तो देखिएको छ । यस्तो अवस्था चाँडै अन्त्य होस् ।’
सांसदहरूको न्यून उपस्थितिलाई लिएर रास्वपाले यसअघि पनि पटक पटक सभामुखको ध्यानकर्षण गराएको थियो । सरकाले जेठ ५ बजे प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्ना सुझाव दिइरहेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया