सांसदहरूको न्यून उपस्थिति देख्दा ऐना अगाडि उभिएर बोलेको जस्तै लाग्यो : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रममा समेत सांसदरूको न्यून उपस्थितिलाई लिएर आलोचना गरेका छन् ।
सोमबार छलफलमा भाग लिँदै सदनमा सांसदहरूको उपस्थिति देख्दा आफूलाई रोस्टममा उभिए बोल्नसमेत लाज लागेको उनले बताए ।
‘सम्मानीय सभामुख महोदय संसदमा सांसदहरूको उपस्थिति देख्दा रोस्टममा उभिए बोल्नसमेत मलाई लाज लागेको छ । २७५ सांसद रहेको सदनमा बोल्दा ऐना अगाडि उभिएर भाषण गरेजस्तै लागेको छ’, उनले भने, ‘संसद बैठक रेकर्डका लागि मात्र बसेको जस्तो लाग्छ । घरमै बसेर पेनड्राइभमा रेकर्ड गराएर पठाए पनि हुनेजस्तो देखिएको छ । यस्तो अवस्था चाँडै अन्त्य होस् ।’
सांसदहरूको न्यून उपस्थितिलाई लिएर रास्वपाले यसअघि पनि पटक पटक सभामुखको ध्यानकर्षण गराएको थियो । सरकाले जेठ ५ बजे प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्ना सुझाव दिइरहेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया