गोयलद्वारा १० लाखको छात्रवृत्ति कोष स्थापना
मोरङ । विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माविमा रु १० लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् । विद्यालयमा मङ्गलबार आयोजित सुमनदेवी गोयल छात्रवृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् ।
यसअघि सोही विद्यालयमा गोयलले रु चार लाखको सुमनदेवी गोयल छात्रवृत्ति कोष स्थापना गरेका थिए । कार्यक्रममा संरक्षक गोयल र दाता मनोज गोयलले सुमनदेवी गोयल स्मृति छात्रवृत्ति कोषबाट कक्षा ९ देखि १२ सम्मका प्रथम, द्वितीय र तृतीय हुने २२ छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरे । विद्यालयले अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक स्रोतबाट १५ उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
कक्षा ६ देखि ११ सम्मका छात्रछात्रालाई रु ११ हजारका दरले छात्रवृत्ति प्रदान गर्न कोष स्थापना गरिएको उनले जानकारी दिए । गोयलले सोही विद्यालयमा अध्ययन गरेकी बुहारी सुमनदेवीको स्मृतिमा उक्त छात्रवृत्ति घोषणा गरेका हुन् ।
ताजा अपडेट
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट
-
विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
-
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
-
भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह


प्रतिक्रिया