विद्युत् प्राधिकरणको दुई करोड बक्यौता

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रको बक्यौता रु दुई करोड ५१ लाख भन्दा बढी पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्ममा कार्यालयले सेवाग्राहीबाट सो रकम रु असुल गर्न बाँकी छ ।
कार्यालयका इञ्जीनीयर तिलकराम थनेतकाअनुसार तीन महिनाभन्दा बढी समयसम्म विद्युत् महसुल नतिरेका पाँच सय २६ ग्राहकबाट बक्यौता रकम उठाउन बाँकी छ । ‘तीन महिना नाघेका ग्राहकबाट रु १० हजारदेखि रु १६ लाखसम्म असुल गर्न बाँकी छ’ उनले भने, ‘पटक–पटक ताकेता गर्दा पनि रकम उठ्न सकेको छैन ।’
कार्यालयमा १२ वर्षभन्दा लामो समयदेखिको विद्युत् महसुलको बक्यौता रकम असुल गर्न बाँकी रहेको थनेतले जानकारी दिए । कावासोती वितरण केन्द्रमा ‘युडेको प्रालि’ले रु १६ लाख १८ हजार बुझाउन बाँकी छ । लामो समयसम्म विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काटिएको थनेतले बताए ।
रु एक लाखभन्दा बढी विद्युत् महसुल भुक्तानी गर्न बाँकी ग्राहक ४० रहेका छन् । विद्युत् प्राधिकरणले उनीहरुबाट रु एक करोड ४४ लाख बक्यौता असूल गर्न बाँकी छ । लामो समयसम्म विद्युत् महसुल भुक्तानी नगर्ने ग्राहकको बत्ती काटिएको उल्लेख गर्दै थनेतले बक्यौता रकम तिरेपछि मात्र लाइन पुनः जडान गरिने जानकारी दिनुभयो । कार्यालयले महसुल नतिर्ने दुई सय छ ग्राहकको विद्युत् लाइन काटेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया