चेनाई फाइनलमा, गुजरात बाहिरियो
काठमाडौं । चेनाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल यात्रा तय गरेको छ । साविक विजेता गुजरात टाइटन्सलाई पाखा लगाउँदै चेन्नाई दशौं पटक आइपिएलको फाइनलमा पुगेको हो ।
घरेलु मैदान एमए चेन्नास्वामी स्टेडियम चेपकमा सम्पन्न खेलमा चेनाईले गुजरातलाई १५ रनले पछाडि पार्यो ।
पहिले ब्याटिङ सम्हालेको चेन्नाईले गुजरातलाई १ सय ७३ रनको लक्ष्य दिएको थियो । जसलाई पछ्याउँदै अघि बढेको गुजरातले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुदै १ सय ५७ रन मात्र जोड्न सक्यो ।
गुजरातका लागि ओपनर शुभमन गिलले ३८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए भने राशिद खानले १६ बलमा ३ चौका र २ छक्का सहयोगमा ३० रन, र विजय शंकरले १० बलमा १ छक्काको सहयोगमा १४ रन बनाए । त्यसैगरी, ओपनर ऋद्धिमान शाहले १२ र दाशुन शनकाले १७ रनको योगदान दिए पनि अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
चेन्नाईका लागि दीपक चहर, मथिशा पथिराना,रविन्द्र जडेजा र महेश थिक्सनाले समान २–२ र तुसारदेस पान्डेले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो ।
योसँगै चेन्नाईले फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । फाइनल खेल अब आगामी आइतबार हुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया