बढ्यो सुनको मूल्य, चाँदी घट्यो

काठमाडौं । मंगलबार घटेको सुनको मूल्य बुधबार बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रूपैयाँ बढेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुनको तोलामा एक लाख ९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदि प्रतितोला ५ रूपैयाँ घटेर एक हजार ३६० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया