सिटिजन्स बैंकमा रोजगारीको अवसर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न तीन पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट, लेगल एण्ड शेयर डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
बैंकले आफ्नो हेड अफिस, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
म्यानेजमेन्ट ट्रेनीका लागि न्युनतम शैक्षिक योग्यता बैंकिङ/म्यानेजमेन्ट/फाइनान्स/ मार्केटिङ/ इकोनमिक्स/ ह्युमन रिसर्सेस विषयमा एमबिए स्नातक तह (एमबिए डिग्री) उत्तिर्ण गरेको हुनुपर्ने छ ।
त्यस्तै ट्रेनि असिस्टेन्टका लागि न्युनतम शैक्षिक योग्यता म्यानेजमेन्टमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । त्यस्तै लेगल एण्ड शेयर डिपार्टमेन्टका लागि ल विषमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले जेठ ३० गतेभित्र आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया