७० सहकारीलाई ऋण तिर्न युवा स्वरोजगार कोषको ३५ दिने अल्टिमेटम
काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ७० वटा सहकारी संस्थाहरूलाई ऋण तिर्न ३५ दिने सूचना प्रकाशित गरेको छ ।
७० सहकारी संस्थाहरूले कोषबाट सम्झौता गरी लिएको थोक कर्जा नतिरेपछि ३५ दिनभित्र बुझाउनुपर्ने सावाँ, ब्याज र हर्जनासहितको सम्पूर्ण रकम बुझाउन सूचना प्रकाशित गरेको हो ।
तोकिएको समयमा रकम नबुझाएमा उक्त सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति एवं कर्जा उपसमिति (सम्झौता गर्दाको बखतको समितिदेखि हालसम्मका) मा रहेका व्यक्तिहरुको तीनपुस्ते विवरण सहित रकम असुलीका लागि कालो सूचीमा राखी, राष्ट्रिय दैनिक पत्रिका एवं सम्बन्धित निकायहरूमा सूचना प्रकाशित गरिने व्यहोरा कोषले जनाएको छ ।

ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया