रातको खाना नखाँदा के हुन्छ ?
एजेन्सी । अधिकांश व्यक्तिले रातको खाना खाने गर्छन् । केहीले भने फिटनेस र स्वास्थ्यलाई ध्यान दिँदै रातको खाना छोड्छन् ।
अझ यो मामिलामा सेलिब्रेटिहरू बढी सक्रियसमेत छन् । हामीले धेरै अन्तर्वातामासमेत सेलिबे्रटिले फिटनेसमा ध्यान दिएको भन्दै घण्टौंसम्म खाना नखाएको सुनेका छौं ।
हालै एक अन्तवार्तामा भारतीय अभिनेता मनोज बाजपेयीले पनि यही कुरा उल्लेख गरेका थिए । उनले आफ्नो स्वास्थ्यलाई ध्यान दिदै रातको खाना छोडेको १४ वर्ष भएको भनेका थिए । के साँच्चै रातको खाना छोड्दा शरीरलाई फाइदा हुन्छ त ?
राति हाम्रो पाचन प्रणालीले सुस्त गतिमा काम गर्छ । जसले रातको खाना पाचन गर्न समय लाग्छ । त्यसैले राति खाना नखाँदा हाम्रो पाचन प्रणालीले राम्ररी काम गर्न पाउँछ । बेलुकीको खानाले व्यक्तिलाई आलश्य बनाउँछ ।
यदि यदि तपाईंले बेलुकाको खाना खानुभएन भने यसले तपाईंको ऊर्जा स्तर बढाउने गर्छ । रातको खानाले रगतमा चिनीको मात्रालाई पनि बढाउँछ । जसले मधुमेह, कोलेस्ट्रोलको समस्यालाई कम गर्छ । यसले तौल पनि बढ्छ । रातमा खाना नखाँदा शरीरको तौलसमेत नियन्त्रणमा रहन्छ । राति खाना भन्दा अरु हल्कका खानपान गर्नुपर्छ ।
ताजा अपडेट
-
सुन्तला बेचेर म्याग्दीमा २१ करोड भित्रियो
-
पर्वतको कुश्मामा खानेपानीको अभाव, लोडसेडिङ सुरु
-
सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत
-
‘मन्दीले ऋण प्रवाह घट्यो, बैंकले साना-ठूला भनेर भेदभाव गर्दैन’(अन्तर्वार्ता)
-
सुनको मूल्य दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया