सवारी दुर्घटनामा एक बालकको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
आज बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका–६ का सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमन गुरुङको मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन गुरुङले जानकारी दिए ।
सवारी चालक फुङलिङ–६ का कृष्णमान गुरुङ भने घाइते भएका हुन् । उनको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरी प्रमुख गुरुङले बताए ।
दुर्घटनामा घाइते भएका अंशुमानलाई जिल्ला अस्पताल पु-याउनासाथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए । गाडी अनियन्त्रित भई पल्टिएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया