पशुपतिको जलहरीबारे अख्तियारले थालेको अनुसन्धान कहाँ पुग्यो ?
काठमाडौं । नेकपा एमालेले आज पशुपतिनाथ मन्दिरको जलहरीमा भएको भ्रष्टाचारको आरोपलाई लिएर संसद अवरूद्ध गरेपछि यो विषय फेरि सतहमा आएको छ ।
माओवादी सांसद लेखनाथ दाहालले उक्त भ्रष्टाचार एमेलाले गरेको आरोप लगाएपछि यो आरोपको भार बोकेर संसद चल्न नदिने भन्दै एमाले विरोधमा उत्रिएको थियो ।
महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनलेसमेत प्रश्न उठाएको यो विषयमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि छानविन गरिरहेको छ ।
आयोगमा परेको उजुरीमाथिको हाल अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए । ‘यो विषय अहिले अनुसन्धानकै चरणमा छ,’ उनले भने, ‘जारी अनुसन्धान कहाँ पुग्यो भनेर खुलाउन मिल्दैन तर छिटै टुंगो लाग्छ ।’
पशुपति शिव लिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्नेगरी सुनको जलहरी लगाउन नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद भएको थियो ।
त्यहाँ निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतका लागि ९३ किलो ५१४ ग्राम सुन प्रयोग भएको छ । त्यसपछि बाँकी रहेको १० किलो ९७६ ग्रामको सुनबाट रिङ बनाइ जलहरीमा लगाएको उल्लेख गरेपनि उक्त सुनको सबै परिमाण रिङ बनाउन प्रयोग भयो भन्नेबारे पुष्टि हुन सकेको छैन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया