पशुपतिको जलहरीबारे अख्तियारले थालेको अनुसन्धान कहाँ पुग्यो ?
काठमाडौं । नेकपा एमालेले आज पशुपतिनाथ मन्दिरको जलहरीमा भएको भ्रष्टाचारको आरोपलाई लिएर संसद अवरूद्ध गरेपछि यो विषय फेरि सतहमा आएको छ ।
माओवादी सांसद लेखनाथ दाहालले उक्त भ्रष्टाचार एमेलाले गरेको आरोप लगाएपछि यो आरोपको भार बोकेर संसद चल्न नदिने भन्दै एमाले विरोधमा उत्रिएको थियो ।
महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनलेसमेत प्रश्न उठाएको यो विषयमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि छानविन गरिरहेको छ ।
आयोगमा परेको उजुरीमाथिको हाल अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए । ‘यो विषय अहिले अनुसन्धानकै चरणमा छ,’ उनले भने, ‘जारी अनुसन्धान कहाँ पुग्यो भनेर खुलाउन मिल्दैन तर छिटै टुंगो लाग्छ ।’
पशुपति शिव लिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्नेगरी सुनको जलहरी लगाउन नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद भएको थियो ।
त्यहाँ निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतका लागि ९३ किलो ५१४ ग्राम सुन प्रयोग भएको छ । त्यसपछि बाँकी रहेको १० किलो ९७६ ग्रामको सुनबाट रिङ बनाइ जलहरीमा लगाएको उल्लेख गरेपनि उक्त सुनको सबै परिमाण रिङ बनाउन प्रयोग भयो भन्नेबारे पुष्टि हुन सकेको छैन ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया