जनप्रतिनिधिका सवारी साधन छ, दमकल छैन
लमजुङ । यहाँका आठ स्थानीय तहमध्ये आगो नियन्त्रणका लागि बेँसीशहर नगरपालिकासँग मात्र दमकल छ । अन्य पालिकाले सोही नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता रहेको छ ।
टाढा टाढा आगलागी हुँदा जान समय लाग्ने गरेकाले पनि समस्या हुने गरेको छ भने दमकल रहेको नगरभित्रका पसल तथा कुनै घरमा आगलागी भएका बेलामा कहिले दमकल ढिलो पुग्ने त, कहिले बेलैमा पुगेपनि दमकलबाट पानि निकाल्न समय लाग्ने गरेको पाइन्छ । बेंसीशहर नगरप्रमुख गुमानसिंह अर्यालले भने, ‘ठूलो आगोलागी भएको बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेको छ । प्राय स्थानीय तहको अधिकांश बस्ती तथा भागमा सडक पुगेपनि भौगौलिक संरचनाका कारण जिल्लाका सबै ठाउँमा आगलागी हुँदा दमकल पुग्न सम्भव छैन ।’
आगलाागी भएमा आगो निभाउनका लागि दमकल आवश्यक छ भन्ने महसुस गरी सबै स्थानीय तहले दमकल खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने मस्र्याङ्दी गाउँपालिकाका स्थानीय अजय तामाङले बताउनुभयो । अत्यावश्यक साधनप्रति चासो नभएका स्थानीय तहका प्रमुख तथा उपप्रमुखको लागि सुविधायुक्त सवारी साधन भने अधिकांशको रहेका छन् ।
राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले भने, ‘यहाँ आगलागी भइहाले बेँसीसहरकै दमकल मगाउने गरेका छौँ ।’ दमकलको आवश्यकता महसुस गरे पनि खरिद भने गरिनसकेको उनको भनाइ छ । यस क्षेत्रमा आगलागीको जोखिम कम भएको र आगोलागी भइहाले बेंसीशहर नगरपालिकाकै दमकल प्रयोग गर्ने गरेको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताए ।
बेँसीशहर नगरपालिकाबाहेक अन्य सात वटा स्थानीय तहले दमकल खरिद गर्ने कुनै तयारी नगरेको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बताए । उनले भने, ‘सबै स्थानीय तहमा दमकलको जरुरी रहेपनि विषेश गरी सहरीकण भएको नगरपालिकामा बढी दमकलको आवश्यकता रहेको छ ।’ जिल्लामा सानो आगोलागी हुँदा दमकल विनै प्रहरीले आगो नियन्त्रण गर्ने गरेको र ठूलो आगलागी हुँदा प्रहरी बेलैमा पुगे पनि दमकल पुग्न समय लाग्ने भएकाले क्षेती बढी हुने गरेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया