कब्जियतको समस्याले आजित हुनुहुन्छ भने यी उपाय अपनाउनुहोस्
एजेन्सी । अस्वस्थकर जीवनशैली कब्जियतको मुख्य कारण हो । दिभरको व्यस्तता र बाहिरको चिल्लो, मसलेदार खानाले पेटमा असर गर्छ । जसले गर्दा कब्जियतको समस्या हुन्छ ।
कब्जियतको समस्या लामो समय रहिरहँदा यसले पायल्सको जोखिम गराउँछ । त्यसैले कब्जियतको समस्याबाट बच्न हाम्रो दैनिकी परिवर्तन जरुरी छ ।
कब्जियतको समस्याले सताइसकेको छ भने पनि केही घरेलु ओखती गर्दा पनि यसबाट राहत पाउन सकिन्छ । यसको एउटा उपाय दूध र गाईको घ्यू हो ।
गाईको घ्यू र दूधको मिश्रणले पेट आरामसँग सफा गर्छ । जसले कब्जियतको समस्या हुँदैन् । यसबोहक गाईको घ्यू मनतातो पानीमा पनि मिसाएर खान सकिन्छ । यसले कब्जियतको समस्याबाट राहत दिनुका साथै तपाईंको शरीरलाई डिटोक्स पनि गर्छ ।
जसले एसिडिटी, वाकवाकी र वान्ता जस्ता समस्याहरूबाट समेत टाढा राख्छ । कब्जियतबाट बच्न हरियो तरकारी तथा फाइबरयुक्त खाना, फलफूलको सेवन गर्नुपर्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया