खोई पशुपतिको ११ किलो सुन ? सहमतिले निल्यो
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका भ्रष्टाचारसम्बन्धी अभिव्यक्तिलाई सत्तापक्ष र विपक्षी दलको सहमतिमा संसदको रेकडमै नरहने गरी हटाइएको छ । ‘पशुपतिनाथको जलहरीमा सुन भनेर पित्तल राखिएको’ भन्ने माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्ति हटाउन सभामुख देवराज घिमिरेले शनिबार निर्देशन दिएका हुन् ।
दाहालले जेठ १० को बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका बेला यती, ओम्नी, स्वास्थ्य सामग्री खरिद, पशुपतिनाथको जलहरीलगायतमा भ्रष्टाचार भएको विषय उठाएका थिए । एमालेले शुक्रबारको बैठकमा उनको अभिव्यक्ति निराधार रहेकाले संसदको रेकर्डबाट हटाउनुपर्ने र सरकारले जवाफ दिनुपर्ने भन्दै अवरोध गरेपछि रेकर्डबाट हटाइएको हो ।
दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउन सत्तापक्षले पनि सहमति जनाएको थियो ।
कान्तिपुरका अनुसार, अदालतको अन्तरिम आदेश छल्न पशुपतिनाथमा बिहान झिसमिसेमै जलहरीको उदघाटन गरिएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालय र महालेखाले प्रतिवेदनमा प्रष्टसँग यसबारे अख्तियारमा अनुसन्धान चलिरहेको उल्लेख गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया