सुनको मूल्य निरन्तर ओरालो, चाँदी घट्यो
काठमाडाैं । बिहीबारयता सुनको मूल्य निरन्तर घटिरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाँ घटेर एक लाख ८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तेजावी सुन प्रतितोला एक लाख सात हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदीको भाउ भने बढेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला १५ रूपैयाँले बढेर एक हजार ३६० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया