दोस्रो बिहेपछि आशिषले सुनाए पहिलो विवाह टुट्नुको कथा

एजेन्सी । खलनायकको भूमिकाबाट चर्चामा रहेका भारतीय अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेपछि आफ्ना केही भनाई व्यक्त गरेका छन् ।
उनले केही दिनअघि फेसन डिजाइनर रुपाली बरुआसँग विवाह गरेका हुन् । केही समयअघि उनकी पहिलो पत्नी राजोशी उर्फ पीलु विद्यार्थीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा अनौठो पोस्ट सेयर गरेकी थिइन् । पहिलो पत्नीको पोष्टसँगै अशिषले पनि आफ्नो प्रतिक्रिया दिएका हुन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका छन् । जसमा उनले आफ्नो पहिलो विवाहकोबारेमा बोलेका छन् ।
भिडियोमा आशिषले भनेका छन्, ‘नमस्ते, हामी सबैको जीवन र आवश्यकता फरक छ । हामी सबैसँग विभिन्न अवसरहरू र फरक पृष्ठभूमिहरू छन् जुन हामी आफ्नै अनुसार खेल्छौं। तर एउटा कुरा सामान्य छ। हामी सबै खुसीले बाँच्न चाहन्छौं। पिलु पनि २२ वर्षअघि मेरो जीवनमा आएकी थिइन् । हामी धेरै असल साथी बन्यौं र श्रीमान श्रीमती बनेर रह्यौं । हामी बाँच्ने तरिका फरक छ ।’
उनले पछिल्लो केही समयदेखि सम्बन्धमा समस्या आएको र जीवनलाई हेर्ने एकअर्काको दृष्टिकोण फरक पाएको बताए ।
दुईबीच भएको असहजता र सम्बन्धमा आएको चिसोपनामाबीच पनि दुनियाँलाई देखाउनका लागि आफूहरू सँगै रहेको उनको भनाई छ ।
आशिष भन्छन्, ‘हामी खुसीसाथ सँगै थियौं र अहिले यो मत भिन्नताका कारण हामी अगाडि बढ्न नसक्ने महसुस गरेपछि हामी दुवैले छुट्टाछुट्टै बाटो लाग्ने निर्णय गर्यौं।’
आफूहरूले धेरै अनुग्रह र मर्यादाका बाटो अलग गर्ने निर्णय गरेको उनले बताए । ‘हामीले सँगै बसेर यसबारे कुरा गर्यौं । छोरा अर्थसँग पनि कुरा गर्यौं र त्यसपछि हामी छुट्टियौं,’ उनले भने ।
आशिषले सम्बन्ध विच्छेदपछि आफू एक्लै बस्न नचाहेको पनि बताए । उनी साथीको खोजीमा थिए । गत वर्ष उनले रुपाली बरुवालाई भेटे र करिब १ वर्षको चिनजान पछि दुवैले विवाह गर्ने निर्णय गरे । सञ्चारमाध्यममा आफ्नो उमेर ६० वर्ष भनेर छापिएका समाचारबारे पनि उनले कटाक्ष गरे । आशिषले थप भने, ‘उनी ५० वर्षकी भइन् र म ५७ वर्षको हुँ, ६० वर्षको होइन ।’
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया