महिनावारीमा कुन–कुन देशमा पाइन्छ तलबी बिदा ?

एजेन्सी । हरेक वर्षको मे २८ तारिखलाई विश्व मेन्सुरल हाइजिन दिवसका रूपमा मनाइदैं आएको छ । संसारमा यस्ता कयौं देश छन् जहाँ महिलाहरूका लागि महिनावारीको समयमा तलबी बिदा दिइने कानुनी व्यवस्था छ ।
केही मुलुकले यो व्यवस्था ल्याउनका लागि संसदमा विधेयक पेश गरेका छन् भने केही कार्यालयहरूले आफ्नै हिसाबले यस्तो नीति अंगालेका छन् ।
स्पेन युरोपको पहिलो देश हो जहाँ महिलालाई महिनावारी हुँदा तलबी बिदा दिइन्छ ।
स्पेनी मन्त्री इरेन मोन्टेइरोले संसदमा यो अधिकारबिना महिलाहरू पूर्ण नागरिक हुन नसक्ने र सरकारले महिनावारीमा महिलाहरूले पाउने बिदाको लागि भुक्तानी गर्ने विषय राखेकी थिइन् ।
डाक्टरहरू र अमेरिकन कलेज अफ ओब्स्टेट्रिशियन्स एन्ड गायनोकोलोजिस्टहरूका अनुसार महिनावारी हुने आधाभन्दा बढी महिलाहरूले प्रत्येक महिना एक वा दुई दिनसम्म पीडा अनुभव गर्छन् । कसैको लागि यो पीडा यति गम्भीर हुन्छ कि उनीहरूलाई आफ्नो सामान्य गतिविधिहरू गर्न गाह्रो हुन्छ ।
बिहार भारतको पहिलो राज्य हो, जहाँ महिनावारी हुँदा बिदाको प्रावधान लागू भयो।
सन् १९९२ मा बिहारमा राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवको सरकार थियो । उनले महिला कर्मचारीलाई महिनावारी हुँदा महिनामा दुई दिन बिदा दिने अनुमति दिएका थिए ।
केरलाका मुख्यमन्त्री पिनाराई विजयनले भर्खरै राज्यको उच्च शिक्षा विभाग अन्तर्गतका सबै विश्वविद्यालयहरूले महिनावारी हुँदा बिदा दिने घोषणा गरेका छन् ।
यसैबीच केरलाका कांग्रेस सांसद हिबी इडेनले काम गर्ने महिलाले महिनावारीको बेला तलबी बिदा पाउनका लागि निजी विधेयक ल्याउने बताएका थिए ।
यसअघि अरुणाचल प्रदेशका सांसद निनाङ एरिङले लोकसभामा मासिक धर्म लाभ नामक निजी सदस्य विधेयक पेश गरेकी थिइन्।
यस विधेयकमा सरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई महिनावारी हुँदा दुई दिन बिदा दिने प्रस्ताव गरिएको छ ।
यस सम्बन्धमा उनीहरुले विधेयक खारेज भएको तर प्रदेशमा महिला तथा बाल विकास मन्त्रालयको सम्पर्कमा रहेको र छिट्टै निर्णय हुने बताएका छन् ।
एसियाको कुरा गर्ने हो भने महिनावारीको समयमा दिइने बिदालाई श्रम कानूनमा समावेश गरेको जापान एक मात्र देश हो ।
त्यहाँ सन् १९४७ देखि महिलालाई यस्तो बिदा दिने व्यवस्था छ । इन्डोनेसियाले सन् १९४८ मा महिलाका लागि यस्तो प्रकारको नीति ल्याएको थियो ।
त्यहाँ महिनावारीको समयमा महिलालाई समस्या भएमा काममा लगाउन नपाइने र दुई दिन बिदा दिने व्यवस्था गरिएको छ ।
यसबाहेक फिलिपिन्स, जाम्बियाजस्ता अफ्रिकी देशका महिलाले पनि महिनावारी हुँदा एक दिन बिदा लिन सक्छन् ।
यसै क्रममा दक्षिण कोरिया सरकारले सन् १९५३ मा यस्तो प्रावधान ल्याएको थियो ।
भारतमा यस्ता धेरै कम्पनी छन्, जसले महिनावारी हुँदा महिलालाई तलबी बिदा दिने गरेका छन् ।
महिला अधिकारका लागि काम गर्ने संघसंस्थाले महिलाले विकास गरेपछि मात्रै देशको विकास हुने बताउँदै यस सम्बन्धमा संसदमा विधेयक ल्याउन भारतमा बाल तथा महिला विकास मन्त्रीलाई पनि आग्रह गर्ने गरेका छन् ।
प्रतिक्रिया