१० महिनामा दुई हजार ९०० विद्युतीय गाडी आयात
काठमाडौं । विश्वभर उच्च मूल्यमा पेट्रोलियम पदार्थको भाउ बढेसँगै नेपालमा पनि इन्धनको भाउ आकाशिएको छ । त्यसकै परिणामस्वरूप पछिल्लो समय नेपालमा विद्युतीय सवारीमाथि मानिसको आकर्षण बढ्दै गएको छ ।
भन्सार विभागको अनुसार चालु आव ०७९/८० को १० महिना अर्थात साउनदेखि वैशाखमसान्तसम्ममा ८ अर्ब ४१ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको २ हजार ९ सय ५५ वटा चार पाँग्रे विद्युतीय गाडी आयात भएको छ । चार पांग्रे विद्युतीय सवारीमा कार, जीप र भ्यान आयात भएका छन् ।
तथ्यांकअनुसार उक्त मूल्य बराबरको विद्युतीय गाडी आयात गर्दा नेपाल सरकारले २ अर्ब ३० करोड ८८ लाख ५५ हजार रुपैयाँ राजश्व उठाएको छ ।
वैशाखमा मात्रै ५०४ वटा आयात
भन्सार विभागका तथ्यांकअनुसार वैशाखमा मात्रै १ अर्ब ५७ करोड ५६ लाख २१ हजार रुपैयाँको ५०४ वटा विद्युतीय गाडी आयात भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया