१० महिनामा दुई हजार ९०० विद्युतीय गाडी आयात

काठमाडौं । विश्वभर उच्च मूल्यमा पेट्रोलियम पदार्थको भाउ बढेसँगै नेपालमा पनि इन्धनको भाउ आकाशिएको छ । त्यसकै परिणामस्वरूप पछिल्लो समय नेपालमा विद्युतीय सवारीमाथि मानिसको आकर्षण बढ्दै गएको छ ।
भन्सार विभागको अनुसार चालु आव ०७९/८० को १० महिना अर्थात साउनदेखि वैशाखमसान्तसम्ममा ८ अर्ब ४१ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको २ हजार ९ सय ५५ वटा चार पाँग्रे विद्युतीय गाडी आयात भएको छ । चार पांग्रे विद्युतीय सवारीमा कार, जीप र भ्यान आयात भएका छन् ।
तथ्यांकअनुसार उक्त मूल्य बराबरको विद्युतीय गाडी आयात गर्दा नेपाल सरकारले २ अर्ब ३० करोड ८८ लाख ५५ हजार रुपैयाँ राजश्व उठाएको छ ।
वैशाखमा मात्रै ५०४ वटा आयात
भन्सार विभागका तथ्यांकअनुसार वैशाखमा मात्रै १ अर्ब ५७ करोड ५६ लाख २१ हजार रुपैयाँको ५०४ वटा विद्युतीय गाडी आयात भएको छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया