सिएट टायरको ‘सिएट सपी’ बालकुमारी ललितपुरमा
काठमाडाैं । नारायणी अटो बिजनेस प्रा.लि.ले ‘सिएट सपी’ नामक सिएट टायरको नयाँ सोरुम ललितपुरको बालकुमारीमा शुभारम्भ गरेको छ । यसको उद्घाटन सिएट इडियाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावज्यूले आज आयोजित समारोहको शुभारम्भ गरे ।
कार्यक्रममा बोल्दै रावले भने, ‘सिएट टायरको यस नँया सोरुमले नेपाली ग्राहकहरुको बद्लिदो इच्छा एवं आवश्यकतालाई सर्वाेत्कृष्ट ढङ्गले परिपूर्ति गर्ने कुरामा मलाई पूर्ण विश्वास छ ।’ उनले सिएट, इंडिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाइ नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि जानकारी दिए ।
यस्तैगरी, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्राण्डसँग जोडिन पाउँदा आफुलाई हर्ष एवं गौरवको अनुभव भएको बताए । यस सोरुम नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न एक कोशेढुङ्गा सावित हुने पनि उनले बताए ।
कार्यक्रममा बोल्दै सिएट, इंडियाका नेपाल र भुटानका कन्ट्री मेनेजर राजपाल चड्डाले सिएट टायरको गुण एवं विशेषताहरुबारे प्रस्ट पारे ।
यस्तै, सिएट टायरका नेपालस्थित आधिकारिक विक्रेता एसटिसीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले भने,’यस टायर लामो समयदेखि नेपाली ग्राहकहरुको पहिलो रोजाई पर्न सफल ब्राण्ड हो । हामी निरन्तर ग्राहकहरुलाई गुणस्तरीय एवं भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिवद्ध छौं ।’
यस नयाँ सो रुमको उद्घाटनको अवसरमा सिएट टायरको मोडेल अनुरुप ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनिले जानकारी गराएको छ ।
अन्य उस्तै खालका टायर भन्दा उत्कृष्ट कार्यक्षमताको लागि सिएटले फाईभ स्टारको मान्यता प्राप्त गरेको छ । गाडीहरुको चक्कामा सरल एवं सन्तुलित तवरले प्रयोग गर्न सकिने सिएटमा सुरक्षाका विशेषताहरुले पनि सम्पन्न छ । त्यसैगरी, यस उत्पादनले इन्धनको खपत न्यूनीकरण गर्न पनि सहयोग गर्दछ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया