गणतन्त्रको विकल्प गणतन्त्र नै हो: मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा गणतन्त्र आएको डेढ दशकमा थुप्रै चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताएका छन् ।
१६औं गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले देश परम्परा शासन व्यवस्थाभन्दा धेरै अगाडि बढिसकेकाले लोकहित र जनताका अपेक्षाका कसीमा खरो उत्रन आफूहरु कटिबद्ध रहेको बताए ।
‘गणतन्त्रको अर्थ हो जनताका छोराछोरी आफ्नो शासन आफैं गर्न सक्षम छन् । देशहितको अर्थ लोकहित हो । यसमा शङ्का छैन्’, उक्त सन्देशमा भनिएको छ,‘जतिसुकै ठूलो पदमा पुगे पनि नेतृत्वकर्ता दायित्वहीन हुन सक्दैनन् । नेताले गल्ती गरे जनदण्ड भोग्नुपर्ने हुन्छ ।’
हामी अगाडि बढिसकेका छौँ, अब जनताका अपेक्षाका कसीमा खरो उत्रन जरुरी छ । त्यसमा कटिवद्ध छौँ भन्दै मुख्यमन्त्री यादवले गणतन्त्र दिवसका अवसरमा मधेश प्रदेश र समस्त देशवासीमा शुभकामना व्यक्त गरेका छ ।
ताजा अपडेट
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
प्रतिक्रिया