प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला जेठ १७ देखि, ५० प्रतिशतसम्म छुट
काठमाडाैं । प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेलायही जेठ १७ गते देखि असनर १७ गतेसम्म आयोजना हुने भएको छ । नेपाली जुत्ता चप्पल उत्पादक समूहकाे आयोजनामा उक्त व्यापार मेला ललितपुरको जाउलाखेल खेल मैदानमा हुन लागेको हो ।
मेला अवधि २०८० जेष्ठ १७ गते देखि २०८० आषाड १७ गते सम्म १ महिना सञ्चालन हुनेछ ।
मेला विहान ९बदेखि वेलुकी ७ बजेसम्म खुल्ला रहने आयोजले जनाएको छ । आयोजका अनुसार उक्त मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु किरण शुज म्यानुयाक्चर्सको उत्पादन गोल्डस्टार, रोयल शु इण्डष्ट्रिजको उत्पादन रोयल शुज, वेश फुटवेयरको उत्पादन वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुराँस फुटवेयरको क्रस रोड शुज, शुभकामना फुटवेयरका फस्टवाक शुज, नमस्ते फुटवेयरको सिल, सुरभि पोलिमर्सको हाई लाईफ, केटिएम शुजको केटिएम, डि.जे. शुज कम्पनीको डि.जे. शुज गरि ९ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहनेछ ।
मेलामा ३ हजार भन्दा वढि मोडल र डिजाइनका जुत्ताहरु उपलव्ध हुने आयोजनकले जनाएको छ । त्यस्तै आयोजका अनुसार मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् । नयां उत्पादनहरु उक्त मेलामा लञ्च गरिनेसमेत आयोजकले बताएको छ ।
त्यसैगरी मेला अवधि भर विषेश छुटको व्यवस्था गरिएको छ । न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाएको आयोजकले जनाएको छ ।
मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य आयोजकले राखिएकोछ । त्यस्तै मेला अवधिभरमा ५ करोडको कारोवार गर्ने लक्ष्य राखेकाे छ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया