अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल जारी, सातै प्रदेशका अध्यक्षको रिर्पोटिङ सकियो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक काठमाडौंमा जारी छ ।
बबरमहलस्थित कार्की ब्याङ्कवेटमा बसेको बैठकले केन्द्रीय सचिवालयले तय गरेको एजेण्डा अनुमोदन गर्ने कार्यतालिका रहेको छ । दुई दिन चल्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिकबारे छलफल केन्द्रित रहेको छ ।
जारी बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । प्रदेश अध्यक्षहरू क्रमशः तुल्सी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, नवराज शर्मा, राधाकृष्ण कँडेल, विनोदकुमार शाह र दामोदर भण्डारीद्वारा स्थानीय निर्वाचनमा केन्द्रित भएर रिपोर्टिंङ गरिएको छ ।
रिर्पोटिङको क्रममा उनीहरूले एमाले लोकप्रियताका साथ पहिलो शक्ति रहेको, पार्टीप्रति तीव्र जनआकर्षण बढेको, आधारभूत तहदेखिकै कमिटीरू चयालयमान भएको र फुटको असर अत्यन्त न्यून रहेको बताएका थिए ।
आजको बैठकमा जिल्लागत केन्द्रीय सदस्यले जिल्जागत रिर्पोटिङ, स्थानीय तह सिफारिस मापदण्डको प्रकृया, पार्टीको चुनावी घोषणापत्र, विभागलाई पूर्णता दिने एजेण्डा तय भएको छ ।
बैठकले केन्द्रीय सचिवालय र पोलिटब्युरोले गरेको तय गरेको एजेण्डा अनुमोदन गर्नेछ ।
७ गते बसेको पोलिटब्यूरो बैठकले ७५३ वटै स्थानीयतहमा प्रतिबद्धतासहित बैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर घोषणापत्र जारी गर्ने निर्णय गरेको थियो ।
त्यस्तै बाँकी काम बैशाख १३ मा बस्ने स्थायी कमिटीले निर्णय गर्ने केन्द्रीय कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया