धरानका मेयर हर्कको आक्रोस – मेरो नाम लिएर पार्टी विस्तार गर्ने काम नगर्नू
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आफू कुनै पनि राजनीतिक दलसँग निकट नरहेको प्रष्ट पारेका छन् । साथै उनले आफ्नो नाम लिएर पार्टी विस्तारको काम नगर्न पनि आग्रह गरेका छन् ।
‘मेरो नाम लिएर कसैले पार्टी विस्तार गर्दैछ रे,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म कुनै पार्टी नजिक छैन ।’
उनले आफ्नो नाम बेचेर लाभ लिने काम नगर्न पनि आग्रह गरेका छ । हरेक विषयमा प्रष्ट बोल्ने उनले आफ्नो नाम दुरूपयोग गर्ने दल कुन हो भन्नेबारे चाहिँ केही खुलाएका छैनन् ।
‘मेरो नाम लिएर आफ्नो दोकान चलाउने, पेट पाल्ने काम कसैले नगर्नू,’ उनले लेखेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया