निष्क्रिय रहेको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि निष्कृय रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्।
अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै थन्किएको थियो । बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।राष्ट्रपति पौडेलले विधेयक प्रमाणिकरण गर्ने विषयमा कानुनविदहरूसँग परामर्श गरेका थिए ।
२५ फागुनमा गठबन्धनको सहयोगमा राष्ट्रपतिमा पौडेल निर्वाचित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निष्कृय रहेको विधेयक प्रमाणिकरण गर्नका लागि आग्रह गरेका थिए । गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो। उक्त विधेयक प्रमाणिकरण भएपछि करिब ७ लाख रहेका नागरिकताबिहिन नागरिकहरूलाई नागरिकता बनाउन बाटो खुलेको छ । प्रमाणिकरण भएको विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया