निष्क्रिय रहेको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि निष्कृय रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्।
अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै थन्किएको थियो । बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।राष्ट्रपति पौडेलले विधेयक प्रमाणिकरण गर्ने विषयमा कानुनविदहरूसँग परामर्श गरेका थिए ।
२५ फागुनमा गठबन्धनको सहयोगमा राष्ट्रपतिमा पौडेल निर्वाचित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निष्कृय रहेको विधेयक प्रमाणिकरण गर्नका लागि आग्रह गरेका थिए । गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो। उक्त विधेयक प्रमाणिकरण भएपछि करिब ७ लाख रहेका नागरिकताबिहिन नागरिकहरूलाई नागरिकता बनाउन बाटो खुलेको छ । प्रमाणिकरण भएको विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया