कमाइमा उपसचिवको कीर्तिमान, जहाँ सरुवा त्यही घरजग्गा, १ करोड ६३ लाख मौज्दात
काठमाडौं । उपसचिवबाट अवकाश पाएका शशिभूषणकुमार यादवले भ्रष्टाचारबाट आर्जेको सम्पत्तिबाट २१ ठाउँमा जग्गा खरिद र तीन ठाउँमा घर निर्माण गरेको पाइएको छ ।
२०४६ सालमा नायब सुब्बाबाट सरकारी सेवा प्रवेश गरेका सर्लाहीका यादवले आफू सरुवा भएर गएको हरेक ठाउँमा जग्गा किनेको तथ्य अनुसन्धानबाट खुलेको हो ।
गैरकानूनी आर्जनबाटै उनले भक्तपुरमा दुई वटा, सर्लाहीमा एउटा घर निर्माण गरेको भेटिएको छ । उनी र परिवारका सदस्यका नाममा स्रोत नखुलेको १ करोड ६२ लाख ६६ हजार रूपैयाँभन्दा बढी मौज्दात फेला परेको छ ।
सरकारी सेवामा रहँदा पद दुरूपयोग गरी करोडौं भ्रष्टाचार गरेको भन्दै यादवविरुद्ध ०७८ पुसमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । त्यसपछि अघि बढेको अनुसन्धान टुंग्याउँदै अख्तियारले मंगलबार यादवविरुद्ध ४ करोड ४७ लाख ३४ हजार २१२ रूपैयाँ बिगो कायम गरी त्यति नै जरिवाना र कैद सजाय तथा स्रोत नखुलेको रकमबाट बढे÷बढाइएको चलअचल सम्पत्ति जफत गर्न मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सम्पत्ति फिर्ता प्रयोजनका लागि यादवकी श्रीमती रीता रानी तथा दुई छोरा विकास र अविनाशलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ, कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया