राष्ट्रपति पौडेलसँग रिसाइन् अभिनेत्री मनिषा कोइराला
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरिदिएका छन् । यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसमा व्यवस्था गरिएका प्रावधानप्रति असहमति जनाउँदै फिर्ता गरेकोमा पौडेलले यसमा कुनै चासो व्यक्त नगरी प्रमाणीकरण गरिदिएका हुन् ।
नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपतिका रूपमा पौडेल पहिलो पटक विवादमा परेका छन् । संसद् छलेको, नेपालीको हित प्रतिकूलको विषयमा गम्भीर नभएकोलगायत आरोप उनीमाथि छ ।
यस्तैमा अभिनेत्री मनिषा कोइरालाले पनि राष्ट्रपति पौडेलमाथि आक्रोश पोखेकी छन् । उनले तत्कालीन सिक्किम राज्यका राजा लेन्डुप दोर्जेको याद आएको टिप्पणी उल्लेख गरेकी छन् । लेण्डुपले आफ्नै देश प्रतिकूल निर्णय गरी राज्य भारतलाई सुम्पिएका थिए । त्यसयता राष्ट्रघातीको विम्बका रूपमा लेण्डुपलाई प्रयोग गरिँदै आएको छ ।
‘उहाँलाई यो कुर्सी दिइएको थियो भन्ने सोच्न कठिन छैन । लेन्डुप दोर्जेको याद आयो,’ बीपीकी नातिनीसमेत रहेकी मनिषाले ट्विट गरेकी छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया