राष्ट्रपति पौडेलसँग रिसाइन् अभिनेत्री मनिषा कोइराला
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरिदिएका छन् । यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसमा व्यवस्था गरिएका प्रावधानप्रति असहमति जनाउँदै फिर्ता गरेकोमा पौडेलले यसमा कुनै चासो व्यक्त नगरी प्रमाणीकरण गरिदिएका हुन् ।
नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपतिका रूपमा पौडेल पहिलो पटक विवादमा परेका छन् । संसद् छलेको, नेपालीको हित प्रतिकूलको विषयमा गम्भीर नभएकोलगायत आरोप उनीमाथि छ ।
यस्तैमा अभिनेत्री मनिषा कोइरालाले पनि राष्ट्रपति पौडेलमाथि आक्रोश पोखेकी छन् । उनले तत्कालीन सिक्किम राज्यका राजा लेन्डुप दोर्जेको याद आएको टिप्पणी उल्लेख गरेकी छन् । लेण्डुपले आफ्नै देश प्रतिकूल निर्णय गरी राज्य भारतलाई सुम्पिएका थिए । त्यसयता राष्ट्रघातीको विम्बका रूपमा लेण्डुपलाई प्रयोग गरिँदै आएको छ ।
‘उहाँलाई यो कुर्सी दिइएको थियो भन्ने सोच्न कठिन छैन । लेन्डुप दोर्जेको याद आयो,’ बीपीकी नातिनीसमेत रहेकी मनिषाले ट्विट गरेकी छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया