अस्ट्रेलियामा भेटियो १० करोड ७० लाख वर्ष पुराना हड्डी
काठमाडौं । अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ ।
सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको निष्कर्ष सुनाउँदै उक्त जानकारी दिएका हुन् ।
असीको दशकमा भेटिएका ती जीवाश्म हड्डी आकाशमा उड्ने विशाल सरीसृपको भएको र तिनको उत्पत्ति दश करोड सत्तरी लाख वर्षअघि भएको बताएका छन् ।
हिस्टोरिकल बायोलोजी जर्नलमा मङ्लगलबार प्रकाशित एक अध्ययनअनुसार कर्टिन युनिभर्सिटी अस्ट्रेलियन एज अफ डाइनोसर म्युजियम अफ नेचुरल हिस्ट्री, मोनाश युनिभर्सिटी र म्युजियम्स भिक्टोरिया रिसर्च इन्स्टिच्युटका अन्वेषकहरूले भिक्टोरियमा भेटिएका जीवाश्म टेरोसरको भएको पुष्टि गरेका छन् ।
“यी हड्डीहरूको विश्लेषण गरेर, हामी लगभग दश करोड सत्तरी लाख वर्ष पपहिले भिक्टोरियाको जङ्गलमा बसोबास गर्ने टेरोसरको अस्तित्वको पुष्टि गर्न सक्षम भएका छौं,” पेन्टल्याण्डले जर्नलमा उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया