जहाजको ढोकासम्म पुगेका यात्रु फर्काउने निगमका कर्मचारी कारवाहीमा
काठमाडौं । नेपाल वायु सेवा निगमका एक कर्मचारी कारबाहीमा परेका छन् । निगमका कर्मचारी गगन ब चन्द कारबाहीमा परेका हुन् ।
बुधबार काठमाडौंबाट ताप्लेजुङ उडानका लागि टिकट काटेर बोर्डिङ पाससमेत लिएर विमानस्थल भित्र जहाजको ढोकामा पुगेका यात्रुलाई विमानस्थलबाट सिस्टममा नाम नभएको भनि घर फर्काएका थिए । सो सम्बन्धमा गगन ब चन्द युनिट ईन्चार्जलाई सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नदिएपछि चन्दलाई कारबाहीस्वरूप ताप्लेजुङ विमानस्थलमा सरुवा गरेको निगमले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उनलाई कारवाही गरेको प्रमाणसहितको जानकारी फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
निगमका अनुसार यससम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया