जहाजको ढोकासम्म पुगेका यात्रु फर्काउने निगमका कर्मचारी कारवाहीमा

काठमाडौं । नेपाल वायु सेवा निगमका एक कर्मचारी कारबाहीमा परेका छन् । निगमका कर्मचारी गगन ब चन्द कारबाहीमा परेका हुन् ।
बुधबार काठमाडौंबाट ताप्लेजुङ उडानका लागि टिकट काटेर बोर्डिङ पाससमेत लिएर विमानस्थल भित्र जहाजको ढोकामा पुगेका यात्रुलाई विमानस्थलबाट सिस्टममा नाम नभएको भनि घर फर्काएका थिए । सो सम्बन्धमा गगन ब चन्द युनिट ईन्चार्जलाई सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नदिएपछि चन्दलाई कारबाहीस्वरूप ताप्लेजुङ विमानस्थलमा सरुवा गरेको निगमले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उनलाई कारवाही गरेको प्रमाणसहितको जानकारी फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
निगमका अनुसार यससम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया