भारतबाट बढेर आयो पेट्रोलको मूल्य, नेपालमा बढ्ला ?
काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
प्राप्त नयाँ मूल्यअनुसार भारतले पेट्रोलको मूल्य २ रुपैयाँ ४ पैसा बढेर आएको छ । त्यस्तै डिजेलको मूल्य २ रुपैयाँ ११ पैसा बढेर आएको छ ।
आईओसीले नयाँ मूल्यसूची पठाएपनि निमगले मूल्य समयोजन भने गर्न बाँकी छ ।
यसभन्दा अघि जेठ २ गते निगमले डिजेल र मट्टीतेलको प्रतिलिटर १०/१० रूपैयाँ भाउ घटाएको थियो । पेट्रोलको भाउ भने यथावत नै राखिएको थियो ।
हाल पेट्रोल प्रतिलिटर १७५ रूपैयाँ, डिजेल १५५ रूपैयाँ छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया