राहुल गान्थीले गरे मोदीको एउटा नीतिको प्रशंसा
काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धी नरेन्द्र मोदी नेतृत्वको सरकारको कडा आलोचक हुन् । अक्सर उनी मोदी सरकारको आलोचना गरिरहेको सुनिन्छिन् । तर मोदी सरकारको एउटा कामको भने उनले खुलेर प्रशंसा गरेका छन् ।
आफ्नो अमेरिका भ्रमणका क्रममा राहुलले अन्तर्राष्ट्रिय राजनीतिसँग सम्बन्धित मुद्दामा केन्द्र सरकारको समर्थन गरेका हुन् ।
कांग्रेसका पूर्वअध्यक्ष राहुल हाल दश दिने अमेरिका भ्रमणमा छन्, जहाँ उनले भारतीय मूलका मानिस, विद्यार्थी र पेशाकर्मीसँग कुराकानी गरिरहेका छन् ।
यस क्रममा राहुल गान्धीलाई एउटा प्रश्न सोधिएको थियो, ‘युक्रेन युद्ध सुरु भएदेखि रुससँग भारतको सम्बन्ध विवादको विषय बनेको छ । यी सम्बन्ध र यो अवस्थालाई कांग्रेसले कसरी सम्हाल्छ ?’
जवाफमा राहुलले भने, मलाई थाहा छैन, तपाईंलाई मेरो जवाफ मन पर्नेछ कि पर्दैन। तर मलाई लाग्छ हाम्रो प्रतिक्रिया भाजपाको जस्तै हुने थियो। रुससँग हाम्रो सम्बन्ध छ, जसलाई नकार्न सकिँदैन। यस्तो अवस्थामा हाम्रो नीति पनि व्यापक रूपमा उस्तै हुने थियो ।’
यसपछि राहुल गान्धीलाई युक्रेन युद्ध सुरु भएदेखि भारत र रुसबीचको सम्बन्धमा कुनै परिवर्तन आएको छैन भनेर सोधिएको थियो ।
यसबारे राहुल गान्धीले भने, ‘मलाई लाग्छ केही परिवर्तन भएको हुनुपर्छ । तर रुससँग हाम्रो ऐतिहासिक सम्बन्ध छ। उनीहरूबाट हतियार किन्छौँ । त्यसका पनि कारण छन् । यस्तो अवस्थामा कांग्रेस सरकारको रुसप्रतिको रवैया भाजपाको भन्दा धेरै फरक हुन्थ्योजस्तो मलाई लाग्दैन।’
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया