सिटिइभिटीको गाडी सुनकोशीमा खस्यो
काठमाडों । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटिइभिटी) को गाडी सुनकोशी नदीमा खसेको छ । गाडीमा सवार तीनजना बेपत्ता भएका छन् भने एकजनाको उद्दार गरिएको छ ।
आज बिहान करिब ११ः३० बजे सिन्धुलीको गोलञ्ञोर गाउँपालिका वडा ७ स्थित लौकुनबाट गाडी खसेको हो ।
दसर्घटनामा सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक कृष्णबहादुर केसी, योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेल, विद्युत प्रशिक्षक भानु पौडेल बेपत्ता छन् ।
उनीहरू कार्यालयको काम विशेषले काठमाडौंबाट खोटाङ जाँदै गरेको अवस्थामा घटना घटेकाे बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने बाँकी तीन जना अझै बेपत्ता छन् ।
सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो । घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उनको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
स्कार्पियो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बेपत्ताहरूको खोजी भइरहेको नायब उपरीक्षक दाहालले जानकारी दिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया