राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किए मेसी (७ तस्बिरसहित)

काठमाडौं । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसी करिब दुई महिनापछि राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किएका छन् ।
दुई महिनाअघि मुख्य प्रशिक्षक लियोनल स्कालोनीले विश्वकप छनोटका लागि टिम घोषणा गर्दा मेसीलाई समावेश गरेका थिएनन् ।
जनवरी २७ र फेब्रुअरीमा १ मा भएका अर्जेन्टिनाका दुई खेलमा मेसीलाई समावेश नगरिएको हो ।
तर, योपटक भने मेसीले टोलीमा फर्किएका छन् । यही मार्च २६ भेनेजुएला र ३० मा इक्वेडरविरुद्ध हुने दुई खेलका लागि मेसी राष्ट्रिय टोलीमा फर्किएका हुन् ।
यसैबीच, मेसीले अर्जेन्टिना गएर राष्ट्रिय टोलीको प्रशिक्षणसमेत थालिसकेका छन् । उनी प्रशिक्षण दौरान निकै खुसी देखिएका छन् ।
मेसीले युवा खेलाडीहरूसँग तस्बिरसमेत लिएका छन् ।
मेसीसँगै एंगेल डि मारिया, लियान्द्रो परेडेस, रोड्रिगो डे पाउल लगायतका खेलाडी पनि प्रशन्न मुद्रामा देखिएका छन् ।
यसैक्रममा मेसीले अर्जेन्टिना यु २० का प्रशिक्षकसमेत रहेका पूर्वसहकर्मी जाभियर मास्केरानोलाई पनि भेटेका छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया