आसाममा १६ करोडको लागु औषध बरामद
आसाम । आसाम प्रहरीले शनिबार १६ करोड रुपैयाँ बारबरको लागुऔषध बरामद गरेको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत कारबाही गर्दा दुई जना कारोबारीसहित उक्त परिमाणको लागुओषध बरामाद भएको हो ।
गोप्य सूचनाका आधारमा काछार जिल्ला प्रहरीको टोलीले शनिबार राति सिलचरको कातागष्टल क्षेत्रमा अप्रेसन गरी करिब २.२ केजी हेरोइन बरामद गरेको जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक सुब्रत सेनले बताएका छन् ।
उनले भने, ‘हामीले २।२ किलोग्राम हेरोइनसहितको एक सय ४३ साबुनका बट्टा बरामद गरेका छौँ । सोको अभियोगमा दुईजना अभियुक्तलाई पक्राउ गरेका छौँ । बरामद लागुऔषधको बजार मूल्य करिब १६ करोड रुपैयाँ अनुमान गरिएको छ । हाम्रो अनुसन्धान जारी छ ।’
साथै केन्द्रीय राजधानीमा पनि प्रहरीले लागुऔषध ओसारपसारका गतिविधिमाथि कडा निगरानी गरिरहेको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया