मरिसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेर सरकारले संसदलाई दिउँसै ढाँट्ने काम भयो : भट्टराई
काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेका सांसद योगेश भट्टराईले संविधानविपरित निष्क्रिय विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएकोमा आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले मरिसकेको विधेयक प्रमाणीकरण गरेर दिउँसै संसदलाई ढाँटेको आरोप लगाए । संसदको कार्यक्षेत्र मिचेर राष्ट्रपतिलाई निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गर्न सत्ता पक्षले राष्ट्रपतिलाई उक्साएको उनले आरोप लगाए ।
‘राष्ट्रपतिले संविधानको कुन धारामा रहेर विधेयक प्रमाणीकरण गर्नुभयो सभामुख महोदय ? मरिसकेको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई कांग्रेसले उक्साएर संविधान मिचिएको छ’, उनले भने, ‘संविधानविपरित भएको विधेयक प्रमाणीकरण गर्न सम्मानीय सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएकाले अहिले रोकिएको छ । म अदालतलाई धन्यवाद दिन चाहन्छु ।’
यस्तै प्रधानमन्त्रीले भारत भ्रमणमा क्रममा राष्ट्रको शिर निहुर्याउने काम गरेको आरोप लगाए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया