नागरिकता विधेयकमा पूर्वराष्ट्रपतिले संविधान मिचेको हो, अहिलेको सरकारले होइन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लघंन गरेको आरोप लगाएका छन् ।
सोमबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनेक्रममा उनले विधेयक प्रमाणीकरण प्रक्रियामा वर्तमान सरकारले संविधान नमिचेको जिकिर गरे ।
‘नागरिकता प्रमाणीकरण प्रक्रियाबारे संसदले दुइपटक पारित गरेर राष्ट्रपतिकोमा पठाएकोमा अघिल्लो राष्ट्रपतिले होल्ड गरेर राखेका हुन् । राष्ट्रपतिले त्यतिबेला संविधान उल्लङ्गन गरेका हुन् । संवैधानिक हैसियतमा रहेका तत्कालीन राष्ट्रपतिबाट संविधान मिचिएको हो’, उनले भने, ‘एउटा सरकारले गरेको निर्णय अर्को सरकारले मान्दिन भन्न पाउँदै अभिछिन्न अधिकार प्राप्त गरेको सरकारले मान्नुपर्छ । त्यस्तै एउटा संसदले पारित गरेको विषय अर्को अभिछिन्न संसदले विधेयक फिर्ता लिने भन्ने मल्दिैन । दुइपटक संसदले पारित गरेको निर्णय राष्ट्रपतिले थन्क्याएर राख्न मिल्दैन ।’
प्रधानमन्त्रीले बोल्ने क्रममा विपक्षी सांसदहरूले आपत्ति जनाएपछि संसदमा सत्तापक्ष र विपक्षले होहल्ला गरेका छन् । नियमापत्तिका विषयमा समाभुख घिमिरेले विपक्षका सांसदहरूलाई बोल्न दिएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया