सेयर बजारमा टिकेट हरियाली, कारोबार रकममा सुधार
काठमाडाैं । हिजो आइतबार उच्च अंकले उकालो लागेको सेयरबजार सोमबार घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा कायम भएको छ ।
आज २७७ कम्पनीको ३६ हजार ५६८ स्टकको ५६ लाख २० हजार ३८१ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कूल १३ उपसमूहमा नै घटेका छन् । सबैभन्दा धेरै उत्पादन २.४६ प्रतिशतले घटेको छ ।
अन्य उपसमूहरूमा बैंकिङ ०.७५, विकास बैंक १.४५, वित्त १.१०, जलविद्युत ०.४८, लगानी ०.८१, जीवन बीमा १.२७, माइक्रोफाइनान्स ०.५३, म्युचल फण्ड ०.२३, नीर्जीवन ०.६१, अन्य १.५१ र व्यापार १.६७ प्रतिशतले घटेको छ ।
आज रिभर फल्स पावर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ । शिभम् सिमेन्टका लगानीकर्ताले सर्वाधिक ४.५० प्रतिशतका दरले गुमाएका छन् ।
कारोबारका आधारमा शिभम् सिमेन्टको सर्वाधिक १९ करोड ८९ लाख ५६ हजार ३६३ रूपैयाँको कारोबार भएको छ । दोस्रोमा आइजिआइ प्रुडेन्सियल ९ करोड ९८ लाख ४५ हजार रूपैयाँको कारोबार भएको छ ।
त्यस्तै चिलिमे हाइड्रोपावर कम्पनी ९ करोड १९ लाख ४२ हजार, सानिमा माइ हाइड्रोपावर ७ करोड ४७ लाख ६७ हजार र सोल्टी होटल लिमिटेडको ७ करोड ३० लाख ९५ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया