बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । सोमबार स्थिर सुनको मूल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँ बढेर एक लाख १२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।सोमबार सुनको मूल्य एक लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला एक लाख ११ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँ बढेर एक हजार ४२० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया