गर्मीमा खरबुजा खानुका काइदा
एजेन्सी । गर्मीको चर्को घामले शरीरमा पानीको मात्रा घटाउँछ । जसले डिहाइड्रेसनको समस्या हुने गर्छ । गर्मीमा यसबाट बच्न खरबुजाको सेवन लाभदायिक छ । यसमा ९२ प्रतिशत पानीको मात्रा हुन्छ ।
जसलेल डिहाइड्रेसनको जोखिमबाट बचाउँछ । अन्य समय भन्दा गर्मीमा यसलाई आफ्नो आहारमा समावेश गर्नसमेत आहारविद् सुझाउँछन् ।
यसमा पानीसँगै भिटामिन बी ६, भिटामिन सि, ए र ई पनि प्रशस्त्र पाइन्छ । यसले केबल डिहाइड्रेसनको समस्याबाट मात्र राहत नदिई मानसिक रुपमा नै व्यक्तिलाई फाइदा गर्छ । एक अध्ययनले खरबुजा खाँदा तनाव, चिन्ता कम हुने देखाएको छ ।
यसमा मस्तिष्क शान्त पार्ने तत्व समावेश छ । तौल घटाउन पनि खरबुजा उपयोगी मानिन्छ । खरबुजाले मुटु रोगको जोखिम कम गर्छ भने दमको समस्याबाट पनि राहत दिन्छ।
यसबाहेक, स्नायु स्वास्थ्य, पाचनसम्बन्धी समस्याको लागिसमेत खरबुजाको सेवन लाभदायिक छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया