NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतविरुद्धको उजुरी टुंगिसकेकाे छैन- प्रहरी*

काठमाडौं प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध एक महिला पत्रकारले दिएकाे उजुरीउपर अनुसन्धान चलिरहेकाे प्रहरीले जनाएकाे छ ।

केही दिनअघि उनीविरुद्ध साइबर ब्युरोमा साइबरसम्बन्धी उजुरी परेको थियो । जसमा अध्यक्ष बस्नेतले चलाउने म्यासेन्जरबाट अस्वाभाविक ढंगले कल, म्यासेज आएकाे उल्लेख  गर्दै  कारबाही गर्न माग गरिएकाे थियाे।

ब्युरोका प्रवक्ता एसपी पशुपति रायले बस्नेतविरूदकाे उजुरीमाथि छानबिन जारी रहेकाे नेपालवाचलाई  बताए ।

“यसमाथि छानबिन चलिरहेकाे छ । टुंगिएकाे छैन,” उनले भने ।

बस्नेतले भने आफूमाथि आधारहीन आराेप लगाएर चरित्र हत्या गरिएकाे दाबी गर्दै आएका छन् ।आफूले चलाउने फेसबुकमा केही दिन प्राविधिक समस्या भएको, सोहीबीचमा अरूले नै आफ्नाे एकाउन्ट दुरूपयाेग गरेकाे उनकाे भनाइ छ ।

आफूविरुद्ध अनाहकमा सामाजिक सञ्जालमा अफवाह फैलाइएको विषयमा  मंगलबार राजधानीमा उपलब्ध बोर्ड सदस्यहरूसहित बैठक बोलाएर सुझाव लिएकाे बस्नेतले बताए ।  नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, बोर्ड सदस्यहरू दीपक पाण्डे, ठाकुरप्रसाद बेल्वासे, शरद अधिकारीसहित भएको आकस्मिक बैठकमा बस्नेतले अहिलेसम्मका सबै घट्नाक्रमबारे सविस्तार सुनाएको एक सदस्यले जानकारी दिए ।

(यसअघि प्रकाशित  समाचारमा असावधानीवश बस्नेतमाथिको आरोप झुटो प्रमाणित भएको व्यहोराको गलत सूचना  प्रवाह हुन पुगेकोमा हामी क्षमाप्रार्थी छौं ।  साइबर ब्युरोका प्रवक्ता रायको कोट  अन्यथा पर्न गएकाले त्यसलाई पनि सच्याइएको छ । सं.)