यूनिक नेपालको एफपीओ बाँडफाँट, ३७ हजार ९४२ आवेदकले पाए १० कित्ता सेयर
काठमाडौं । यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड सम्पन्न भएको छ।
उक्त एफपीओमा १३ लाख ५७ हजार १८० जनाले १ करोड ५४ लाख २७ हजार ५३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १ हजार ४९३ आवेदन रद्द भएको छ भने १३ लाख ५५ हजार ६८७ आवेदन स्वीकृत भएको छ।
त्यस्तै १३ लाख १७ हजारभन्दा बढीको हात खाली भएको छ ।
स्वीकृत आवेदनमध्ये ३७ हजार ९४२ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने भाग्यमानी ५ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ता बाँडफाँड पाएका छन् ।
लघुवित्तले जेठ ११ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि एफपीओ निष्काशन गरेको थियो । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता शेयर निष्काशन गरेको थियो।
ताजा अपडेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो


प्रतिक्रिया