आजबाट रिपब्लिक मिडियाको आइपिओ निष्काशन
काठमाडौं । नेपाल रिपब्लिक मिडियाले आजदेखि सर्वसाधरणका लागि आइपिओ निष्काशन गरेको छ ।
कम्पनीले जारी पुँजीको ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँको आइपिओ बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले प्रति १०० अकिंक रुपैयाँका कुल ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यसमध्ये १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारी, २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि व्यवस्था गरिएको छ । कम्पनीका अनुसार आइपिओमा सर्वसाधारणले जेठ ३० सम्ममा र ढिलोमा असार ८ गतेसम्मा आवेदन दिन सक्नेछन् ।
आइपिओको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया