आजबाट रिपब्लिक मिडियाको आइपिओ निष्काशन
काठमाडौं । नेपाल रिपब्लिक मिडियाले आजदेखि सर्वसाधरणका लागि आइपिओ निष्काशन गरेको छ ।
कम्पनीले जारी पुँजीको ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँको आइपिओ बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले प्रति १०० अकिंक रुपैयाँका कुल ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यसमध्ये १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारी, २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि व्यवस्था गरिएको छ । कम्पनीका अनुसार आइपिओमा सर्वसाधारणले जेठ ३० सम्ममा र ढिलोमा असार ८ गतेसम्मा आवेदन दिन सक्नेछन् ।
आइपिओको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया