कामु प्रधानन्यायाधीश कार्कीविरूद्धको उजुरीबारे छलफल गर्न संसदीय सुनुवाइ समितिको बैठक बोलाइयो

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध परेका उजुरीबारे अध्ययन गर्न संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।
जेठ १६ गते कार्कीविरूद्ध उजुरी दिन समितिले १० दिनको सूचना प्रकाशित गरेको थियो । कार्कीविरूद्ध २९ वटा उजुरी परेको छ । साउन २० गते ६५ वर्ष उमेरहद पुरा गरी उनी अनिवार्य अवकास पाउँदै छन् ।
त्यसअघि एक महिना विदामा बस्ने कानुनी प्रावधान रहेको छ । कार्कीलाई समितिले अनुमोदन गरेमा उनी एक महिना पनि प्रधानन्यायाधीश हुने पाउने छैनन् । आजको बैठकमा उजुरीमाथि छलफल हुने एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसर बैठकले उजुरी कर्तालाई बोलाउनेबारे पनि निर्णय हुनेछ । कार्कीलाई आइतबार न्यायपरिषद्ले उनको अवकाशको मितिबारे जानकारी गराएको छ ।
प्रतिक्रिया