कामु प्रधानन्यायाधीश कार्कीविरूद्धको उजुरीबारे छलफल गर्न संसदीय सुनुवाइ समितिको बैठक बोलाइयो
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध परेका उजुरीबारे अध्ययन गर्न संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।
जेठ १६ गते कार्कीविरूद्ध उजुरी दिन समितिले १० दिनको सूचना प्रकाशित गरेको थियो । कार्कीविरूद्ध २९ वटा उजुरी परेको छ । साउन २० गते ६५ वर्ष उमेरहद पुरा गरी उनी अनिवार्य अवकास पाउँदै छन् ।
त्यसअघि एक महिना विदामा बस्ने कानुनी प्रावधान रहेको छ । कार्कीलाई समितिले अनुमोदन गरेमा उनी एक महिना पनि प्रधानन्यायाधीश हुने पाउने छैनन् । आजको बैठकमा उजुरीमाथि छलफल हुने एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसर बैठकले उजुरी कर्तालाई बोलाउनेबारे पनि निर्णय हुनेछ । कार्कीलाई आइतबार न्यायपरिषद्ले उनको अवकाशको मितिबारे जानकारी गराएको छ ।
ताजा अपडेट
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट
-
विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
-
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
-
भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह


प्रतिक्रिया