कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ बिहीबार हुने

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीको सुनुवाइ बिहीबार हुने भएको छ ।
संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो । जेठ १६ गते कार्कीविरूद्ध उजुरी दिन समितिले १० दिनको सूचना प्रकाशित गरेको थियो ।
कार्कीविरूद्ध २९ वटा उजुरी परेको छ । बैठकले बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया