बेगनासताल डुंगा व्यवसाय समितिलाई लाइफ ज्याकेट सहयोग
काठमाडाैं । ग्लोबल आइएमई बैंक बेगनास शाखाद्धारा बेगनासताल डुंगा व्यवसाय समितिलाई लाइफ ज्याकेट हस्तान्तरण गरेको छ ।
बैकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लाइफ ज्याकेट हस्तान्तरण गरेको हो ।
शुक्रबार पोखरा ३१, मन्धरेपार्कमा पोखरा महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि उक्त लाइफ ज्याकेटहरु बैंकका गण्डकी प्रदेश प्रमुख इश्वरी प्रसाद जोशीले समितिका अध्यक्ष रविराज कंडेललाई हस्तान्तरण गरेका हुन् ।
बैंकका बेगनास शाखा प्रमुख दिनेश अधिकारीले संचालन गरेको सो कार्यक्रममा विभिन्न स्थानिय संघ संस्थाका प्रतिनिधिहरु, बैंकका कर्मचारीहरु तथा डुंगा व्यवसायिहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा बैकका प्रदेश प्रमुखले कार्यक्रम तथा बैंकको बारेमा जानकारी गराएका थिए भने वडा अध्यक्षले स्थानिय विकासमा यहां रहेका संघ संस्थाहरुको सहभागितामा वडाले हातेमालो गर्दै अगाडि बढ्न इच्छुक रहेको बताएका थिए । कार्यक्रम डुंगा व्यवसायी समितिका अध्यक्ष रविराज कंडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया