गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइने
काठमाडौं । नेपाल सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको हो ।
परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले गेटामा प्रतिष्ठान नभएर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने जानकारी दिए । गृहजिल्ला कञ्चनपुर क्षेत्र नं २ कांग्रेसका नेताहरुसँग आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने स्पष्ट पारेका हन्।
प्रतिष्ठान कि विश्वविद्यालय भन्ने दुविधा जनतामा देखिएको भन्दै कञ्चनपुर–२ का नेता मन्त्री साउदलाई भेट्न आएको र मन्त्री साउदले प्रतिष्ठान नभएर मेडिकल विश्वविद्यालय नै बन्छ, यसमा सरकार प्रतिबद्ध रहेको बताएकाे उनका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।
क्षेत्रीय सभापति लालबहादुर सिंहको नेतृत्वको टोलीसँगको भेटवार्तामा मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको बताएका हुन् ।
मन्त्रिपरिषद्बाट निर्णय गरेर सुदूरपश्चिममा विश्वविद्यालय खोल्ने र यसका लागि विधेयक संसद्मा पठाउने निर्णय भइसकेको छ । प्रधानमन्त्री निवासमा स्वास्थ्य सचिव बोलाएर विश्वविद्यालय बनाउने विषयमा छलफल गरेरै मन्त्रिपरिषद्ले विश्वविद्यालय बनाउने निर्णय गरेको हो ।
गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट गेटमै आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबारे स्थानीयलाई जानकारी दिएका थिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया